चितवनमा दुई ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाइते

 काठमाडौं। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–७ पम्फा पुलमा आज बिहान दुई ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय पिपि एबी ९४९४ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ६८३ नम्बरको ट्रक आज बिहान २ः३५ बजे एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका भारतीय ट्रकका चालक पञ्जाब फेरेजपुर बस्ने ३५ वर्षीय सुकदेव सिंहको बिहान ६ः३१ बजे उपचारका क्रममा मृत्यु भएको हो।

सोही ट्रकका धनी, नेपाली ट्रकका चालक एवम् सहचालकको उपचार भइरहेको र सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्