डिजिटल दक्षिणालाई प्रोत्साहन गर्न दशैं र तिहारमा वालेटमा पैसा जम्मा गर्ने समयावधि बढाइयो

काठमाडौं, २२ असोज। नेपाल राष्ट्र बैंकले डिजिटल दक्षिणालाई प्रोत्साहन गर्न दशैँ र तिहारको लागि वालेटहरुमा पैसा जम्मा गर्ने सीमालाई बढाएको छ।

यसअघि प्राकृतिक व्यक्तिको वालेटमा एकदिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा दशैँको अवसरमा असोज २१ गतेदेखि कार्तिक ७ गतेसम्मको लागि प्रतिदिन बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ।

यसैगरी तिहार र छठको लागि पनि कार्तिक १५ गतेदेखि कार्तिक २२ गतेसम्मको लागि दैनिक ३० पटकसम्म रकम जम्मा गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्