भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ प्रस्थान, यस्तो छ आजको कार्यक्रम

काठमाडौं ।नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले मुक्तिनाथ जानुभएको छ ।

उहाँ काठमाडौंबाट मुक्तिनाथका लागि प्रस्थान गर्नुभएको हो । मुक्तिनाथ मन्दिरमा पूजा गरेपछि उहाँ जोमसोम पुग्नुहुनेछ । ९ बजेपछि जोमसोमबाट काठमाडौं फर्किने तयारी छ ।

काठमाडौं फर्किएलगत्तै उहाँले पशुपतिनाको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । दिउँसो पौने ३ बजे काठमाडौं महानगरपालिकाले गर्ने नागरिक अभिनन्दन कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ । दिउँसो ४ बजे मोदी भारतीय नयाँ दिल्ली फर्कनुहुनेछ ।

मोदीको आजका कार्यक्रम:

७:५० मुक्तिनाथको दर्शन ।
८ः३० मा मुक्तिनाथबाट मुक्तिनाथबाट जोमसोम प्रस्थान ।
८ः५० मा जोमसोम अवतरण ।
९ः०० जोमसोमबाट काठमाडौ प्रस्थान ।
१०ः२० मा त्रिभुवन विमास्थल अवतरण ।
१०ः३० मा त्रिभुवन विमानस्थलबाट पशुपतिनाथ प्रस्थान ।
११ः३० मा हायात होटल प्रस्थान ।
१२ः५० मा हायातमा विहानको खाना ।
२ :०० नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीसँग भेटवार्ता ।
२ः३० मा राष्ट्रिय सभागृह भृकुटीमण्डपका लागि प्रस्थान रुट–चाबहिल, महाराजञ्ज, जमल हुँदै भृकुटीमण्डप ।
२ः४५ मा राष्ट्रिय सभागृहमा ‘नागरिक अभिनन्दन’ मा सहभागी ।
३ः४५ मा त्रिभुवन विमानस्थल प्रस्थान रुट माइतीघर, नयाँ बानेश्वर तीनकुने हुँदै एयरपोर्ट ।
४ः०० दिल्ली प्रस्थान ।

प्रतिक्रिया दिनुहोस्