करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकले क्यानडा लाई १० रनले हराए

काठमाडौं, २२ असोज। तीव्र गतिका बलर करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले तेस्रो अभ्यास खेलमा क्यानडाको हाइप्रोफोमेन्स (एचपी) लाई १० रनले हराएको छ । योसँगै तीन खेलको अभ्यास खेल नेपालले २-१ ले जितेको छ ।

१८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४।५ ओभरमा १७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले ११६ बलमा ७ चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए ।

नेपालका करण केसीले ९।५ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए । सागर ढकालले २, आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४८।३ ओभरमा १८७ रनमा अल आउट भयो । नेपालका कुशल भुर्तेलले तल्लोक्रममा ७० बलमा ५ चौकासहित सर्वाधिक ५२ रन बनाए ।

आरिफ शेखले ३९ बलमा ३ चौका र २ छक्कासहित ४० रन जोडे । आसिफ शेख ७, अनिल कुमार साह ६, देव खनाल डक, भीम सार्की ७, दीपेन्द्रसिंह ऐरी ४, अर्जुन साउद १७, कुशल मल्ल ८ र सोमपाल कामी २७ रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस्