गरिबलाई दिने कोषको पैसा चार महिनामै सकियो !

काठमाडौं ।सरकारले गरिब तथा निमुखा जनताको औषधोपचारका लागि दिँदै आएको सहयोग रकम चार महिनामै सकेको छ ।

रकम अभावले उपचार सहायता सेवा नै बन्द हुने तयारीमा पुगको छ ।

सरकाले गम्भीर आठ प्रकारका रोग लागेका गरिबलाई ‘विपन्न नागरिक औषधि उपचार कोष’मार्फत सहयोग दिँदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोषका लागि आउने पैसा औजार, उपकरण खरिदमा खर्च गर्दा सेवा बन्द हुने चरणमा पुगेका हो ।

मन्त्रालयले विपन्नका नामका विगतदेखि नै अपुग रकम, त्यो पन उधारो सहमिति गर्दै आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको गुनासो छ ।

चालु आर्थिक वर्षमा सरकाले विपन्न नागरिक औषधि उपचार सहायताका लागि एक अर्ब १८ करोड ९० लाख रुपैयाँ विनियोजना गरेको थियो ।तर, १ अर्ब रुपैयाँ आर्थिक वर्षको सुरुका चार महिनामै सकिएको महाशाखाका उपजनस्वास्थ्य प्रशासक डा. रामराज पन्थीले बताए ।

अहिले कोष रित्तो भएकाले विपन्न नागरिकको स्वास्थोपचारमा सहयोग गर्न नसकेको उनको भनाइ छ । गत वर्ष लागेको ४८ करोड रुपैयाँ ऋण पनि आर्थिक वर्षको चौमासिकमा तिर्नुपरेपछि बढी खर्च भएको हो ।

प्रतिक्रिया दिनुहोस्