काठमाडौं, जनकपुर र मुक्तिनाथमा सुरक्षा व्यवस्था कडा

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको लागि काठमाडाैं जनकपुर र मुक्तिनाथ क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी सम्मिलित सुरक्षा समिति समेत गठन गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले प्रधानमन्त्री मोदीको सुरक्षाका लागि राज्यका चारवटै सुरक्षा अङग परिचालन गरिएको प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । जनकपुर र मुक्तिनाथ क्षेत्रमा नेपाली सुरक्षाकर्मीसहित भारतीय सुरक्षाकर्मी पनि खटिएका छन् ।

नेपाली सेनाले जनकपुर, मुक्तिनाथ र काठमाडाैंमा गस्ती बढाएको छ । यस्तै नाकाबन्दीमा मोदीलाई जोडेर नागरिकबाट आउन सक्ने सम्भावित असन्तुष्टिमाथि प्रहरीले सुक्ष्म निगरानी गर्ने भएको छ । भारतीय पक्षले सुरक्षालाई ध्यान दिदै सबै व्यवस्था भारतबाटै गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्