टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा दीपेन्द्रसिंह ऐरी

काठमाडौं, १६ असोज। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० विश्व वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा पुगेका छन्।

उनी चार स्थान फड्को मार्दै दोस्रो स्थानमा पुगेका छन्। नेपाली खेलाडी आइसिसी वरीयताको कुनै पनि क्याटागोरीमा दोस्रो स्थानमा पुगेको यो पहिलो पटक हो।

अलराउन्डरको शीर्ष स्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन्।

दीपेन्द्रले अस्ट्रेलियाका मार्कस स्टोइनिस (तेस्रो स्थान), जिम्बावेका सिकन्दर राजा (चौथो स्थान), श्रीलंकाका विनन्दु हसरंगा (पाँचौ स्थान) र अफगानिस्तानका मोहमद नाबी (छैटौं स्थान) लाई पछि पारेका हुन्।

वरीयतामा भारतका हार्दिक पाण्ड्या सातौं र पाकिस्तानका इमाद वासिम आठौ स्थानमा छन्।

नेपालका कुशल मल्ल अलराउन्डर वरीयताको ४०औं स्थानमा छन्।

दीपेन्द्र टी–२० ब्याटिङ वरीयतामा दुई स्थान माथि उक्लदै ४३औं स्थानमा छन्। ब्याटिङ वरीयतामा नेपालका रोहित पौडेल ६१औं, आसिफ शेख ७०औं र कुशल मल्ल १००औं स्थानमा छन्।

टी–२० बलिङ वरीयतामा दीपेन्द्र २३ स्थानमा माथि उक्लदै ७०औं स्थानमा छन्। यस्तै सोमपाल कामी ९१औं स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्