एनएलजी र एलआइसीले हकप्रद निष्कासन गर्न पाए अनुमति

काठमाडौं, १३ असोज। धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) को हकप्रद निष्कासन स्वीकृत प्रदान गरेको छ।

एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हुन आउने ९६ लाख ३१ हजार कित्ता बराबर हकप्रद निष्कासनको स्वीकृति बोर्डबाट पाएको छ ।

यस्तै,लाइफ इन्स्योरेन्स कर्पोरेसन कम्पनीले ८८ प्रतिशत हुन आउने २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासनको स्वीकृति बोर्डबाट पाएको हो।

प्रतिक्रिया दिनुहोस्