इजरायलमाथि इरानको सीधा रकेट आक्रमण, युद्धको खतरा बढ्यो
काठमाडौं । । इरानले सिरिया सीमास्थित इजरायली सैन्य अखडामा हमला गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार गोलन हाइट्सस्थित सिरियासँग सीमा जोडिएको इजरायली सैन्य अखडामा इरानले आक्रमण गरेको हो । इजरायली सैन्य अखडामा इरानले २० वटा रकेट प्रहार गरेको बताइएको छ ।
सिरियाले भने राजधानी दमास्कस नजिकै इजरायलले आक्रमण गरेको आरोप लगाएको छ । सिरियाली सरकारी मिडियाका अनुसार इजरायली हवाई हमलामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
सिरियाली सेनाले दुईवटा इजरायली क्षेप्यास्त्रलाई खसालेको दावीसमेत गरेको छ ।
सिरियाले पनि इजरायलबाट आएको ३० भन्दा बढी मिसाइलहरु रोकेको दाबी गरेको छ । यसैबीच उत्तरी इजरायलको म्युटा सहरका मानिसहरुलाई सरकारले सुरक्षित क्षेत्रमा जानका लागि आग्रह गरेको छ ।
अहिले इरानले आक्रमण गरेको गोलान हाइट इजरायल र सिरियाको सीमाक्षेत्रमा रहेको छ । जुन चार सय ६० वर्ग माइलको रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता रद्द गरेपछि इरानले इजरायली सैन्य अखडा लक्षित हमला गरेको हो । इरानसँगको परमाणु सम्झौता तोड्ने अमेरिकी निर्णयलाई इजरायलले स्वागत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्