लोकतन्त्रवादी एक ठाउँमा आउनुपर्छः सञ्चारमन्त्री बस्नेत
काठमाडौं । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरमा नेपाली काँग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीद्वारा लिखित आत्मवृतान्त ‘नलेखिएका इतिहास’ पुस्तकको आज लोकार्पण गर्दैएक दलीय तानाशाह अन्त्यका लागि लोकतन्त्रवादी एक ठाउँमा संगठित हुनुपर्ने बताएका छन ।
उनले लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र अलोकतान्त्रिक गठबन्धनविरुद्ध सबै लोकतन्त्रवादीलाई एक ठाउँमा आउन समेत आग्रह गरे ।
वाम गठबन्धनका नाममा नेपाली काँग्रेसलाई सिध्याउन खोज्ने दलसँग काँग्रेस विचलित नहुने उल्लेख गर्दै मन्त्री बस्नेतले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्