दशौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस: “सुरक्षित गर्भपतनका लागि अधिकार, पहुँच र एक्यबद्धता”

आज असोज १० गते नेपालमा तत्कालिन मुलुकी ऐन को ११ औं संशोधनबाट गर्भपतनलाई कानुनी अधिकारको रुपमा स्थापना गरेको दिन हो । यहि दिनको सम्झना गर्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको नेतृत्वमा यस क्षेत्रमा कार्यरत संघ संस्थाहरुसँग सहकार्य गर्दै विगत १० बर्ष देखि असोज १० गते विभिन्न कार्यक्रमहरुको आयोजना गरी राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस देशव्यापी रुपमा मनाउदै आइएको छ ।

यो बर्ष “सुरक्षित गर्भपतनका लागि अधिकार, पहुँच र एक्यबद्धता ” भन्ने मूल नाराका साथ दशौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाउँदैछौ । हामीहरुले गर्भपतनलाई महिलाको अधिकारको रुपमा स्थापित गरी सेवा विस्तार गरेको २२ बर्षको अवधीमा महिलाको प्रजनन स्वास्थ्यमा निक्कै प्रगति गरेका छौ। नेपालमा ९प्रति १,००,००० जिवित जन्ममा सन् १९९६ मा ५३९ मातृ मृत्युबाट सन् २०२१ मा १५१० मातृ मृत्यु उच्च दरमा उल्लेख्य सुधार गर्न सफल भएका छौ ।त्यसैगरी असुरक्षित गर्भपतनका कारण महिलाहरुको स्वास्थ्यमा हुने प्रजनन रुग्णताको न्यूनिकरण गर्न पनि सफल भएका छौ। यो सफलता हासिल गर्नका लागि हामीहरुले अवलम्बन गरेका प्रभावकारी नीति, कार्यक्रमहरु, सहकार्य र एक्यबद्धताले मुख्य भूमिका खेलेको छ ।

नेपालको संविधानले प्रजनन् स्वास्थ्य अधिकार सहित गर्भपतनको अधिकारलाई मौलिक हकको रुपमा अंगीकार गरी यसको सम्मान, संरक्षण र परिपूर्ति गर्दै सुरक्षित, गुणस्तरिय, सर्वसुलभ तथा पहुँचयोग्य सेवा बनाउने सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को उद्देश्य रहेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ र नियमावली २०७७ ले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा, परामर्श तथा प्रेषण र गर्भपतन पश्वात सेवा तथा आवश्यक परामर्श र परिवार नियोजन सेवालाई आधारभूत स्वास्थ्य सेवामा परिभाषित गरेको छ ्र यही उद्देश्य अनुरुपको सेवा उपलब्ध गराउन सुरक्षित गर्भपतन सेवा विस्तार गरी हरेक महिलाहरुको सहज पहुँच हुने वातावरणको विकास गर्दै लैजाने लक्ष्य लिएका छौं र सोही अनुरुपका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छौं । हाल यो सेवा देश भरीनै उपलब्ध छ ।

२०८१ असोज ६ गते सम्ममा यो सेवा प्रदान गर्न १० हप्तासम्मको औषधीको प्रयोग द्वारा गरिने गर्भपतन सेवाका लागि १६८३ स्वास्थ्य संस्था र ४२३५ स्वास्थ्यकर्मीहरु, १० हप्ता सम्मको औषधीको प्रयोग र उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि ७३० स्वास्थ्य संस्था र १४१९ स्वास्थ्यकर्मीहरु, १२ हप्ता सम्मको उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि ३५० स्वास्थ्य संस्था र २८६० चिकित्सिक तथा स्वास्थ्यकर्मीहरु र १२ हप्ता भन्दा माथीको गर्भपतन सेवाका लागि ६३ वटा स्वास्थ्य संस्था र १८७ जना चिकित्सकहरुलाई सुचिकृत गरिसकेका छौ । यस्तै गरी आ।व २०८०र८१ मा १,०५,००० जना महिलाहरुले सुचिकृत स्वास्थ्य संस्थाहरुबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

सबै सरोकारवालाहरुको लामो प्रयासको फलस्वरुप यस क्षेत्रका केही महत्वपूर्ण लक्ष्यहरु हासिल गर्न सफल भएता पनि हामी अझै धेरै गर्न बाँकी छ । यसका लागि हाम्रो सहकार्य र यस प्रति सबैको एक्यबद्धताको खाँचो छ ।सम्मानजनक प्रजनन् स्वास्थ्य तथा गर्भपतन अधिकार प्रति हाम्रो समर्पण दृढ छ र यो सेवा सबैको लागि उपलब्धता, पहूँचयोग्य, स्वीकार्य र गुणस्तरीय बनाउन नेपाल सरकार प्रतिबद्ध छ।

हामीहरु माथि सम्मानित सर्बोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तहरु र नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा गरेका प्रतिबद्धताहरु कार्यान्वयन गर्ने दायित्व छ । यही दायित्व पालनाका क्रममा आगामी दिनहरुमा गर्भपतन सम्बन्धी ऐन, नियमहरु थप परिष्कृत र परिमार्जन गर्न सुरुवात भईसकेको छ। यसले नेपाली महिलाको आफ्नो आधारभूत मानव अधिकारको अनुभूति गर्न पाउने र सुरक्षित गर्भपतन सेवाहरूमा महिलाको सहज पहुँच सुनिश्चित गर्दै गर्भपतनको दायरालाई फराकिलो पारी पूर्ण रुपमा निरअपराधिकरण गर्न आवश्यक पहल गर्ने लक्ष्य राखेको छ।

यस अवसरमा यस क्षेत्रमा महत्वपूर्ण सहयोग गर्ने सेवा प्रदायक, स्वास्थ्य संस्था, संघ संस्थाहरु लगायतमा हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि पूर्ण सहयोगको कामना गर्दै पूनः एक पटक दशौं सुरक्षित गर्भपतन सेवा दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकाना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्