काठमाडौँ महानगरपालिका पूर्वप्रमुख श्रेष्ठको मुटुको सल्यक्रिया गर्ने तयारी
काठमाडौं, ३१ असार । काठमाडौँ महानगरपालिका पूर्व प्रमुख राजाराम श्रेष्ठ बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना हुनु भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई गत मंगलबारदेखि सो अस्पतालमा भर्ना गरिएको हो। उहाँको मुटुका रक्त प्रवाह नलीमा समस्या देखिएकाले थप उपचार र चिकित्सकको निगरानीमा राखिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अग्रज नेता श्रेष्ठको आगामी साउन १ गते मुटुको सल्यक्रियाको तयारी गरिएको छ।
उहाँको उपचारमा डा. रामेश कोइराला नेतृत्वको टोली खटिएको छ। उहाँको स्वास्थ्य अवस्था बुझ्न राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन, महामन्त्री धवलशम्शेर राणा, पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पार्टी नेता कृष्णमान बज्राचार्य, अन्जु केसीलगायत नेताहरु अस्पताल पुग्नुभएको छ।
पछिल्लो समय राजनीतिमा निष्क्रिय नेता श्रेष्ठ विभिन्न सामाजिक संघ संस्थामार्फत मुलुकको आर्थिक विकास तथा सामाजिक रुपान्तरणमा क्रियाशील हुनुहुन्छ।
उहाँ नेपाल आँखा अस्पतालको कार्यकारी सदस्यको समेत जिम्मेवारीमा हुनुहुन्छ।
प्रतिक्रिया दिनुहोस्