वीपी राजमार्गको अवरोध हटेसँगै यात्रुहरुलाई आवत-जावतमा सहज

काठमाडौं, ३१ असार । पहिरो र लेदो पन्छाएपछि वीपी राजमार्गको अवरोध हटे सँगै यात्रुहरुलाई आवत जावतमा सहज भएको छ । गएराति अवरुद्ध भएको सडक आज बिहान ८ः३५ बाट पुन सञ्चालनमा आएको प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको थियो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोला र विरुवाडाँडामा लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।

स्थानीय जनप्रतिनिधिको समन्वय र प्रहरीको सहयोगमा सडक खुलाइएको हो । जेसिभी प्रयोग गरी लेदो हटाएर दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको हो । यसले गर्दा यात्रुलाई आवत जावत गर्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्