स्वैच्छिक अवकाशको सूचना दिन सरकारको आनाकानी

काठमाडौं । सरकारले स्वैच्छिक अवकाशको सूचना दिन आनाकानी गरेको छ ।
कर्मचारी समायोजन ऐनअनुसार अघि बढेको स्वैच्छिक अवकाश प्रक्रियाबारे जानकारी माग्दै सम्बन्धित निकायमा आवेदन दिए पनि सूचना नपाएको कर्मचारीले गुनासो गरेका छन् ।

कर्मचारी स्वैच्छिक अवकाश प्रक्रियासम्बन्धी सरकारले सूचना लुकाएको छ ।

स्वैच्छिक अवकाश रोजेका ५ कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कर्मचारी स्वैच्छिक अवकाश इकाई र सूचना आयोगमा पटक–पटक यससम्बन्धी सूचना माग्दै निवेदन दिएका थिए ।

मन्त्रालयले ऐनविपरीत सूचना गोप्य राखेको हो । ती कर्मचारीले सूचना माग गर्दै बुधबार सूचना आयोगमा पुन निवेदन दर्ता गराएका छन् । पहिलो पटकको निवेदनमा आयोगले सूचना उपलब्ध गराउन निर्देशन दिए पनि मन्त्रालयले भने टेरेको छैन ।

प्रतिक्रिया दिनुहोस्