१७ फाइनान्स कम्पनी रिपोर्टमा १२ वटा नाफामा
काठमाडौं, ४ असोज । चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो महिना (साउन) मा फाइनान्स कम्पनीहरूले २३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा १७ वटा फाइनान्स कम्पनीमध्ये १२ वटा कम्पनीले साउन महिनामा नाफा कमाएका छन् । यस्तै बाँकी ५ फाइनान्सले घाटा ब्यहोरेका छन् ।
नाफा आर्जन गर्ने १२ फाइनान्स कम्पनी
साउनमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने कम्पनीमा प्रोग्रेशिभ फाइनान्स रहेको छ । प्रोग्रेशिभले ८ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
दोस्रोमा आईसीएफसी फाइनान्स रहेको छ। यो कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यसैगरी गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले २ करोड ५९ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ७१ लाख, मन्जुश्री फाइनान्सले १ करोड ४५ लाख ,गुडविल फाइनान्सले १ करोड ३० लाख रुपैयाँ ,रिलायन्स फाइनान्सले १ करोड २८ लाख रुपैयाँ र जानकी फाइनान्सले १ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
त्यस्तै गोर्खाज फाइनान्सले ९८ लाख ७० हजार रुपैयाँ, श्री इन्भेस्टमेन्ट फाइनान्सले ६५ लाख ९० हजार रुपैयाँ, मल्टीपर्पस फाइनान्सले ६४ लाख ५० हजार रुपैयाँ र नेपाल फाइनान्सले १५ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन्।
घाटा व्यहोर्ने ५ फाइनान्स कम्पनी
साउनमा सर्वाधिक घाटा व्यहोर्ने कम्पनीमा समृद्धि फाइनान्स रहेको छ। यो कम्पनीले ८ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोरेको छ।
यसैगरी पोखरा फाइनान्सले २६ लाख २० हजार रुपैयाँ, बेस्ट फाइनान्सले १२ लाख रुपैयाँ, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ८ लाख रुपैयाँ र नेपाल सेयर मार्केट एन्ड फाइनान्सले ८ लाख ९० हजार रुपैयाँ घाटा व्यहोरेका छन्।
प्रतिक्रिया दिनुहोस्