मोनाकोसँग बार्सिलोना पराजित

काठमाडौं, ४ असोज । स्पेनिस क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स पराजित भएको छ।

गएराति लिगको पहिलो खेलमै बार्सिलोना मोनाकोसँग पराजित भएको हो।

मोनाकोले घरेलु मैदानमा बार्सिलोनामाथि २(१ गोलको जित निकाल्दै लिगमा सुखद सुरूवात गरेको छ।

१० औं मिनेटमा एरिक गार्सिया रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको बार्सिलोनामाथि १६ औं मिनेटमा मोनाकोका म्यागनेस एक्लिउचले पहिलो गोल गरे।

२८ औं मिनेटमा बार्सिलोनाका लामिन यामलले बराबरी गोल फर्काएका थिए।

७१ औं मिनेटमा जर्ज इलेनिखेनाले गरेको गोल निर्णायक हुँदा बार्सिलोना पराजित भएको हो।

गएरातिकै खेलमा आर्सनल पनि बराबरीमा रोकिएको छ।

आर्सनलले एटलान्टासँग गोलरहित बराबरी खेलेको हो।

एट्लेटिको मड्रिडले भने लिपजिगविरूद्ध २-१ गोलको जित निकाल्यो।

लिगमा बायर्न म्युनिख, सेल्टिक, लिभरकुसेन, एस्टन भिल्ला, डर्टमुन्ड, लिभरपुल, युभेन्ट्स, रियल म्याड्रिड लगायतले विजयी सुरूवात गर्दा म्यानचेस्टर सिटी, आर्सनल, बार्सिलोना लगायतका टिम रोकिन पुगे।

प्रतिक्रिया दिनुहोस्