अमेरिकाद्वारा १० विकेटले युएई पराजित

काठमाडौं, २ असोज । अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे ।

त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ रनमा अल आउट भएको थियो ।

युएईका राहुल चोपराले ६४ बलमा ३ चौकासहित सर्वाधिक ३२, अर्यांश शर्माले ३८ बलमा ४ चौका र १ छक्कासहित ३१ तथा अली नासिरले २३ रन बनाए । युएईका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अमेरिका जशदीप सिंहले ५ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । सौरभ नेत्रवालकर, नोष्थुह केन्जिगे र मिलिन्द कुमारले २–२ विकेट लिए ।

यसअघि अमेरिकाले नामिबियालाई ६ विकेटले हराएको थियो । अमेरिकाले आइतबार नामिबिया र मंगलबार युएईसँग खेल्नेछ । युएईले शुक्रबार नामिबिया, मंगलबार अमेरिका र बिहीबार नामिबियासँग खेल्नेछ।

अमेरिका ६ खेलमा ४ मा जितका साथ ८ अंक जोड्दै चौथो स्थानमाछ । युएई ४ खेलमा जित विहीन हुँदै पुछारमा छ । नेपाल ५ खेलमा २ अंकका सात सातौं स्थानमा छ । २०२६ सम्म चल्ने लिग २ मा ८ टोली सहभागी हुँदा शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् ।

यस सिरिजकै लागि नेपाल क्यानडा भ्रमणमा छ । नेपालले आज राती ८ः४५ मा ओमानसँग खेल्नेछ । पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्