अन्तरबैंक फुटसल टुर्नामेन्टमा भोलिदेखि ६० टिमको भिड्न्त, विजेतालाई १ लाखको धनराशी

काठमाडौं, २ असोज । नेपाल राष्ट्र कर्मचारी संघ बालुवाटार समितिले संविधान दिवसका अवसरमा बिहीबारदेखि शनिबारसम्म दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्ने भएको छ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू बीच हुने उक्त टुर्नामेन्टमा महिलातर्फ २३ वटा र पुरूषतर्फ ३७ वटा गरी जम्मा ६० वटा टिमको सहभागिता रहने भएको छ । यही भदौ ३० गते आइतबार एक समारोहका बीच उक्त टुर्नामेन्टको महिला तथा पुरूषतर्फको समूह विभाजन तथा ट्रफी सार्वजनिक गर्ने कार्य सम्पन्न भइसकेको छ।

राष्ट्र बैंकसहित १९ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा वित्त कम्पनी एवम् आयोजक टोली सहभागी हुने उक्त टुर्नामेन्टको नकआउट तथा फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमबाट गरिने जनाइएको छ। महिला तथा पुरुष तर्फको विजेता टोलीले १ लाख नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले ५० हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रभु बैंक मुख्य प्रायोजक रहेको यस टुर्नामेन्टको सहप्रायोजकको रुपमा कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आइएमइ बैंक, आइसिएफसी फाइनान्स्, महालक्ष्मी विकास बैंक, नबिल बैंक, एनएमबि बैंक, साइन रेसुंगा विकास बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंक रहेका छन्।

टुर्नामेन्टमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि मेडिकल पार्टनर, वोटलर्स नेपाल लिमिटेड र एसिएन थाइ फुड्स प्रालि विभरेज पार्टनर तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीमा पार्टनरको रुपमा रहनेछन् । टुर्नामेन्ट हाँडीगाँउ स्थित धनयन्तरी स्पोट्स हवमा सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्