सुन चाँदी दुबैको भाउ सामान्य घट्यो

काठमाडौं,२ असोज । हप्ताको चौथो दिन बुधबार सुनको मूल्य मा केही कमि आएको छ । मंगलबार प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो दिन तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँ रहेको छ ।

त्यसैगरि, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ८९० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्