सानिमा रिलायन्स लाइफको १८ प्रतिशत बोनस सेयर

काठमाडौं, ३१ भदौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोनस सेयर घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्तापुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ।

उक्त घोषित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्