त्रिदेशीय एक दिवसीय किकेट श्रङ्खला: आज नेपाल, क्यानडा र ओमानबीच खेल हुन हुँदै

काठमाडौं, ३१ भदौ । विश्वकप लिग दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रङ्खला आज क्यानडामा शुरु हुँदैछ । यो श्रङ्खलामा आज नेपाल, क्यानडा र ओमानबीच खेल हुन हुँदैछ। आजको उद्घाटन खेलमा नेपालले घरेलु टोली क्यानडासँग खेल्दैछ । तालिकाअनुसार नेपालले दोस्रो खेल पर्सि असोज २ गते ओमानसँग, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ ।

सबै खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुने छ । यो श्रङ्खला सकिएको २ दिनपछि असोज १२ देखि १७ गतेसम्म तीनवटै टोलीबीच टी–२० अन्तर्राष्ट्रिय श्रङ्खला हुँदैछ । त्यसपछि लिग दुईको अर्को त्रिदेशीय श्रङ्खला खेल्न नेपाली टोली अमेरिका जानेछ ।
लिग–२ मा नेपालको खेल तालिका

३१ भदौ ९ १६ सेप्टेम्बर० – क्यानडाविरुद्ध नेपाल
२ असोज ९ १८ सेप्टेम्बर० – नेपालविरुद्ध ओमान
६ असोज ९२२ सेप्टेम्बर० – क्यानडाविरुद्ध नेपाल
८असोज ९२४ सेप्टेम्बर० – नेपालविरुद्ध ओमान
सबै खेल नेपाली समय अनुसार साँझ ७ स् ४५ मा किंग्स सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकेट ग्राउण्डमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्