सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, चाँदी पनि बढ्यो
काठमाडौं,२६ भदौ । बुधवार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च बिन्दु हो । यस अघि गत भदौ २१ गते, सुनको मूल्यले रेकर्ड बनाएको थियो ।
त्यसैगरि आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको १ हजार ७८० रुपैयाँमा कायम भई कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्