‘ब्रह्मास्त्र’मा रणवीर र आलिया

एजेन्सी । पछिल्लो पटक फिल्म “जग्गा जासूस” मा देखिएका बलिउड स्टार रणवीर कपूर चाँडै सञ्जय दत्तको बायोपिकमा देखिँदैछन् । योसँगै उनको झोलीमा अर्को फिल्म परेको छ, ‘ब्रह्मास्त्र’ । यो फिल्म आफ्नो ठूलो बजेटका कारण लाइमलाइटमा बनेको छ ।

मिड डेको खबरका अनुसार, करण जोहरको यो फिल्म १५० करोडमा बन्नेछ । फिल्ममा रणबीर कपूर, आलिया भाट र अमिताभ बच्चन मुख्य भूमिकामा देखिनेछन् । फिल्मको नाम करणले ट्वीटरमार्फत फ्यानलाई यसअघि नै जानकारी दिएका थिए । उनले फिल्मको प्रदर्शन मिति १५ अगस्ट, २०१९ मा हुने पनि घोषणा गरेका छन् ।

यो फिल्ममा रणबीर कपूर एक सुपर हिरोमा भूमिकामा देखिँदैछन् । ‘ब्रह्मास्त्र’मा टेलिभिजन शो नागिनबाट घर घरमा चर्चित भएकी मौनी रोयको पनि प्रमुख भूमिका हुनेछ ।

प्रतिक्रिया दिनुहोस्