विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डोले रचे इतिहास

काठमाडौ,२१ भदौ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले करियरको ९०० गोलको कीर्तिमानी पूरा गरेका छन्।

नेसन्स लिग अन्तर्गत गएराति भएको खेलमा क्रोयशियाविरूद्ध गोल गर्दै रोनाल्डोले आफ्नो करियरको ९०० गोल पूरा गरेका हुन्।

फुटबल करियरमा ९ सय गोल पूरा गर्ने उनी पहिलो खेलाडी बनेका छन्।

क्रोयशियाविरूद्धको खेलमा रोनाल्डोले नुनो मेन्डिसको पासमा ३४ औ मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै पोर्चुगल लिगमा विजयी सुरूवात गरेको छ।

९०० गोल पूरा गर्दा ३९ वर्षीय रोनाल्डो भावुक भएका थिए।

रोनाल्डोले ९०० गोल पूरा गर्दा १२३६ खेल खेलेका छन्।

उनले स्पेनिस क्लव रियल म्याड्रिडका लागि सबैभन्दा धेरै ४५० गोल गरे।

उनले स्पोर्टिङ लिस्बनका लागि ५ गोल, म्यानचेस्टर युनाइटेडबाट १४५ गोल, पोर्चुगलका लागि १३१ गोल, युभेन्ट्सबाट १०१ गोल र अल नासरबाट ६८ गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्