महिला लिगमा बागमती युथ क्लबलाइ हराउदै कोशीको लगातार दोस्रो जित

काठमाडौं,२० भदौ । कोशी प्रदेशले एन्फा महिला लिगमा दोस्रो जित हात पारेको छ । बिहीबार एन्फा कम्प्लेक्स ललितपुरको सातदोबाटो भएको खेलमा कोशीले बागमती युथ क्लब विरुद्ध २-१ को जित निकालेको हो ।

खेलको २६औं मिनेटमा विष्णुमायाले गोल गर्दै बागमती युथ क्लबलाई अग्रता दिलाएकी थिइन् । तर तीन मिनेटपछि नै समीक्षा मगरले कोशीका लागि गोल फर्काइन् र खेल बराबर भयो ।

५४ औं मिनेटमा बागमतीकी दिव्या यसमाली मगरले आत्मघाती गोल गरेपछि कोशीले २-१ को अग्रता बनायो ।

त्यसपछि बाँकी समयको खेलमा दुवैतर्फबाट गोल हुन सकेन । लगातार दुई जितपछि ६ अंक जोडेर कोशी शीर्ष स्थानमा रहेको छ ।

कोशीले पहिलो खेलमा वालिङ नगरपालिकालाई ४-० ले पराजित गरेको थियो । लिग खेलमा बागमतीको यो पहिलो हार हो ।

 

प्रतिक्रिया दिनुहोस्