अमेरिकाले रुसका १० मिडिया टाइकन माथि लगायो प्रतिबन्ध

काठमाडौं,२० भदौ । अमेरिकाले रुसका १० जना मिडिया टाइकूनमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा परेका  सबै रसियाका मुलधारका मिडिया सञ्चालक तथा प्रबन्धकहरु हुन् । अमेरिकाको राष्ट्रपति निर्वाचनमा दखल दिएको आरोपमा रुसी मिडियाका १० जना अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको हो ।

अमेरिकाको राष्ट्रपति चुनावलाई प्रभावित बनाउन मिडिया टाइकूनहरुले सामूहिक रुपमा अभियान नै चलाएको आरोप छ । प्रतिबन्ध लगाइएका १० जनामध्ये आरटीकी प्रमुख मार्गरिटा सिमोन्यानको नाम छ । यसमा मार्गरिटा सिमोन्यानसहित दुई जना प्रबन्धकको पनि नाम छ । आरटीले भने उक्त आरोपको खण्डन गरेको छ ।

अटेर्नी जनरलले मस्कोले डोनाल्ड ट्रम्प र कमला ह्यारिस बीच राष्ट्रपति चुनावका लागि भइरहेको प्रतिस्पर्धामा आफ्नो पक्षमा नतिजा ल्यायाउन हरतरहले कोसिश गरिरहेको पनि बताएका छन् ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रुसको परियोजना युक्रेनका लागि अन्तरराष्ट्रिय समर्थनलाई कमजोर पार्ने, रुस समर्थक नीति र हितलाई अगाडि बढाउने र संयुक्त राज्य अमेरिकाका मतदाताहरूलाई प्रभाव पार्ने भएको बताएका छन्। ।

अमेरिकी अधिकारीहरूले आरटी र अन्य रूसी मिडिया टाइकूनहरुले गोप्य रूपमा अमेरिका विरोध कार्यलाई प्रचारप्रसारलाई बढावा दिइरहेको बताएका छन् । यसका साथै उसले सामाजिक सञ्जालमा अमेरिकी मतदातासमक्ष झुटा प्रचार फैलाउने ५२ वटा इन्टरनेट डोमेनहरू समेत जफत गरेको छ ।

रसिया सेगोद्न्या र यससँग सम्बन्धित पाँच वटा प्लेटफर्महरू आरआईए नाभोस्ती, आरटी, टीभी नोभोस्टी,र्याप्टली, स्पुतनीकका सञ्चालक तथा प्रबन्धकलाई पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

यसका साथै, उनीहरुको अमेरिका यात्रामा समेत प्रतिबन्धित गरेको छ । अमेरिकाले सन् २०२० को राष्ट्रपतिय निर्वाचनमा समेत रुसले दखल दिन खोजेको आरोप यस अघि लगाएको थियो ।

-एजेन्सीहरुको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्