सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो
काठमाडौं, १९ भदौ । सुनको भाउ आज दोस्रो दिन पनि स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ । यसअघि, मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।
यता, आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १७ सय ५५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १७ सय ७५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४९५ डलर र चाँदी प्रतिऔंस २८ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्