आज हिमालय उर्जाको हकप्रदको लागि आवेदन दिने अन्तिम समय
काठमाडौं, १२ भदौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको साउन २४ गतेदेखि खुला गरिएको हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर आज बन्द हुँदै छ। आक् सम्म बुक क्लोजसम्म कायम रहेका सेयरधनीले यस कम्पनीमा १ कित्ता सेयर बराबर १ कित्तालाई आवेदन दिन पाउनेछन्। हकप्रदबाट कम्पनीले ९९ करोड रुपैयाँ उठाउने तयारी गरेको छ।
हकप्रद बारे जानकारी
कसले भर्न पाउँछन् ?
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि असार २० गते बुकक्लोज गरेको थियो । त्यसैले, असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।
भर्न पाइने समय
साउन २४ गतेदेखि निष्कासन गरिने उक्त हकप्रद सेयरमा भदौ १२ गतेसम्म आवेदन दिन पाइनेछ ।
को हो बिक्री प्रबन्धक ?
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
आवेदन कहाँबाट दिने ?
कम्पनीको हकप्रदमा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । साथै, लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्नेछन्।
रेटिङ्ग
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। अर्थात समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको बुझिन्छ।
हकप्रदको रकमको प्रयोग
कम्पनीले हकप्रद सेयर निष्काशन मार्फत उठाएको पूँजी मध्ये सबै खर्च कटाई बाँकी सबै रकम बैंकहरुको लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने स्वीकृति नियामकबाट लिएको छ।
प्रतिक्रिया दिनुहोस्