विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव: लोडसेडिङको अन्त्य गरी विद्युत् निर्यात गर्ने मुलक भएको छ: निर्देशक कुलमान घिसिङ
काठमाडौं, १ भदौ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य गरी विद्युात निर्याथ गर्ने मुलक भएको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतलागतय विदेशमा समेत निर्यात गर्न सफल भएको बताएको प्रष्ट्याए । ।
उनले विद्युात प्रधाधिकरणलाई यो अवस्थामा ल्याउन विभिन्न आरोह अवरोहकाबिच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ औँ वर्ष पार गरेको बताए। आठ वर्ष अघि वर्षायाममा समेत दैनिक आठ,नौ घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ व्यहोर्नुपरेको कहालीलाग्दो अवस्थाबाट आज मुक्ति मिलेको बताए। उनले भने, हाल वर्षायाममा देशभित्र खपत गरि दैनिक सात सय मेगावाट भन्दा बढी निर्यात गर्ने अवस्थामा पुगेका छौँ । २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका छौँ ।’
साथै उनले प्राविधिक कारणले केही छिन विद्युत् अवरुद्ध भए पनि गर्वका साथ लोडसेडिङ अन्त्य भएको जिकिर गरे । उनले वर्षायाममा विद्युत् भारत निर्यात गरि बिदेसी मुद्रा आर्जन गर्नुका साथै व्यापार घाटा कम गर्न विद्युत् प्राधिकरण सफल भएको बताए ।अहिले प्रधिकरणले १३ अर्व नाफा कमाएको छ ।
प्रतिक्रिया दिनुहोस्