राष्ट्रिय जीवन बीमाको नाफामा बढोतरी, बीमाशुल्क आर्जन पनि ९ अर्ब माथि
काठमाडौं, ३१ साउन । राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा उल्लेख्य नाफा कमाएको छ ।
खुद नाफा
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १५ करोड ३६ लाख रुपियाँ नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४५.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा ६ करोड २६ लाख रुपियाँ कमाएको थियो ।
कुल बीमाशुल्क
कम्पनीको कुल बीमाशुल्क आर्जन ६.३७ प्रतिशतले बढेर ९ अर्ब ४ करोड ८ लाख रुपियाँ पुगेको छ । अघिल्लो आवमा यो ८ अर्ब ४९ करोड मात्रै थियो ।
कुल दाबी भुक्तानी कम्पनीको कुल दाबी भुक्तानी पनि २२.४८ प्रतिशतले वृद्धि भएर ५ अर्ब २५ करोड ९० लाख रुपियाँ पुगेको छ ।
जीवन बीमा कोष
कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेको छ । अघिल्लो आवमा ४६ अर्ब १३ करोड ७५ लाख रुपियाँ रहेको बीमा कोष १६.७२ प्रतिशतले बढेर ५३ अर्ब ८५ करोड ११ लाख रुपियाँ पुगेको छ ।
चुक्ता पुँजी. जगेडा कोष
चुक्ता पुँजी १८ करोड १० लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषको आकार ३१.७० प्रतिशतले बढेर ६३ करोड ८४ लाख रुपियाँ पुगेको छ भने लगानी ९.६५ प्रतिशतले बढेर ४४ अर्ब ९६ करोड ३२ लाख रुपियाँ पुगेको छ ।
प्रतिसेयर आम्दानी
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७८.६१ रुपियाँले बढेर ११३.२० रुपियाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्