आचारसंहिता विपरित ३०२ जना प्रहरी इन्सपेक्टरको सरुवा

काठमाडौं । सरकारले आचारसंहिताको धज्जी उडाउँदै एकैपटक ३०२ जना प्रहरी निरीक्षक इन्सपेक्टरको सरुवा गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन २७ दिन बाँकी रहँदा प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णय गरेको हो ।

निर्वाचन आचारसंहिता लागु भइसके पनि आवश्यक्ता अनुसार भन्दै ती प्रहरी अधिकृतहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

कात्तिक महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएकै दरबन्दीबाट पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरिएको हो ।

इन्सपेक्टर सरुवाको सूची

Inspector Saruwa

प्रतिक्रिया दिनुहोस्