काभा वुमन्स भलिबल नेसन्स लिगमा श्रीलंकालाई पराजित गर्दै भारत फाइनलमा प्रवेश
काठमाडौं, २२ साउन । भारतले काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगिता २०२४ पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै फाईनलमा स्थान बनाएको छ ।
मंगलबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा भारतले श्रीलंकालाई २५–१५, २५–१६, २५–२३ ले हरायो ।
सुरुवाती दुई सेटमा सहज जित हात पारे पनि तेस्रो सेटमा सुरुवातमा श्रीलंकाले १२–८ को अग्रता लिएपछि भारतलाई केही कठिन परेको थियो । तर त्यो अग्रता धेरै समय जोगाउन सकेन ।
भारतले लगातार चार अंक बटुल्दै १२–१२ बराबरी गरेको थियो । निरन्तर प्रतिस्पर्धा भएको तेस्रो सेट अन्त्यमा भारतले २५(२३ ले जित्यो । भारतले फाइनलमा बुधबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
दोस्रो सेमिफाइनल खेलमा आज ५ः१५ मा नेपाल र इरानबिच प्रतिस्पर्धा हुँदैछ । लिगमा इरानले नेपाललाई ३–२ को सेटमा हराएको थियो । त्यसैको कारण नेपाल शिर्षस्थानमा रहदै श्रीलंकासँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।
नेपाल ४ खेलमा ३ मा जित र १ मा हारसहित ९ अंकका साथ दोस्रो स्थानमा रहदै सेमिफाइनल खेलेको थियो । इरान ४ खेलमा ३ मा जित र १ मा हार सहित ७ अंकका साथ तेस्रो स्थानमा रहदै सेमिफाइनल खेलेको हो ।
प्रतिक्रिया दिनुहोस्