निजी विद्यालयले बढाएको शुल्क फिर्ता गर्न सरकारको पहल

    
काठमाडाैं। निजी विद्यालयले बढाएको शुल्क फिर्ता गराउन सरकारले अनुगमन समिति गठन गर्ने भएको छ ।शनिबार शिक्षामन्त्री, शिक्षा मन्त्रालय र विभागका पदाधिकारीसँगै महानगरपालिका, नगरपालिका, प्याव्सन, एनप्याव्सनका अध्यक्ष तथा अभिभावकका प्रतिनिधि उपस्थित बैठकले निजी विद्यालयले संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ लाई कार्यान्वयन गर्दै गैरकानुनी रुपमा बढाइएको शुल्क फिर्ता वा समायोजन गर्ने सहमति गरेको छ ।

सहमतिसँगै सरकारले अब विद्यालयले जथाभावी शुल्क लिएको भए फिर्ता गराउन समिति गठन गर्ने भएको हो । त्यसको लागि अब छिट्टै अनुगमन समिति गठन गरेर तोकिएको भन्दा धेरै शुल्क लिने विद्यालयलाई फिर्ता वा समायोजन गर्न लगाउने तयारी भएको मन्त्रालयका सचिव खगराज बरालले बताउनुभयो ।

यस्तै बैठकले विद्यालय हाताभित्र झोला, विद्यालय पोशाक, पाठ्यपुस्तक बिक्रिमा पनि तत्काल रोक लगाउने निर्णय गरेको छ ।

सहमतिसँगै विद्यालयले बढाएको शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्