पाकिस्तानका दुई वटा कोइलाखानीमा विस्फोट, १६ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानका दुई वटा कोइलाखानीमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

क्वेटाबाट लगभग ४० किलोमिटर टाढा मारवारमा भएको ग्यास विस्फोटमा कम्तिमा १२ जना मजदुरको मृत्यु भएको छ ।

त्यहाँ अझै कम्तिमा चार जना मजदुर अझै फसेका छन् । उद्दारकर्मीहरुले उनीहरुलाई निकाल्ने प्रयास गरिरहेका छन् ।

त्यसैगरी स्पिन करिजको खदानमा भएको अर्को विस्फोटमा परेर मृत्यु भएका चार जनाको शव निकालिएको छ ।

अधिकारीहरुले सो स्थानमा अझै केही कामदार फसेको आशंकामा खोजी भइरहेको जनाएका छन् ।

घटनामा केही मजदूर घाइते भएको र उनीहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्