नेपालद्वारा काभाबिच भलिबलमा भुटान पराजित
काठमाडौं, १८ साउन । भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले भुटानलाई पराजित गरेको छ ।
राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटान बी टिमलाई २–० को सेटमा पराजित भएको हो ।
मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१–१४ ले आफ्नो पक्षमा पारेको हो ।
नेपालले आजै र्ज्वेकिस्तान र ताजिकिस्तानसँग पनि खेल्ने तालिका छ । पुरुषतर्फ पहिलो खेलमा नेपाल माल्दिभ्स ए टिभ २–० को सेटमा पराजित भएको हो ।
कमला पुनर मनिषा चौधरी सम्मिलिति नेपालले महिलातर्फ आज भुटान र माल्दिभ्ससँग खेल्नेछ । महिलातर्फ पहिलो खेलमा नेपालले उज्वर्किस्तानलाई पराजित गरेको थियो ।
समूह चरणका सबै खेलहरु आजै सकिनेछ भने सेमिफायनल र फाइनल खेलहरु शनिबार हुनेछन् । तीन दिन सञ्चालन हुने काभा बिच भलिबलमा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता छ । नेपालबाट पुरुष र महिला दुवैमा एकएक टोद्यी सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्