संस्थागत सेयर धितो कर्जाको सीमा खारेजीको सर्कुलर चाडै आउँदै
काठमाडौं, १८ साउन । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाइएको सेयर धितो कर्जाको सीमा खारेजीको निर्णय यथावत रहेको बताएको छ ।
राष्ट्र बैंकको बुधबार बैंक वित्तीय संस्थालाई जारी गरिएको सर्कुलरमा उक्त व्यवस्था सम्बन्धी सर्कुलर नआएको भन्दै सामाजिक सञ्जाल तथा केही मिडियामा नकारात्मक समाचारहरु प्रकाशित भएका थिए ।
यसै सम्बन्धमा राष्ट्र बैंक स्थित गभर्नर सचिवालयद्वारा प्राप्त जानकारी अनुसार आगामी दिनमा संस्थागत लगानीकर्ताको सेयर धितो कर्जाको सीमा खारेजीको व्यवस्था सर्कुलर मार्फत आउने बताएको हो । गभर्नर सचिवालयका एक उच्च अधिकारीले भने ,ुमौद्रिक नीतिमा स्पष्ट उल्लेख गरेर लेखिएको व्यवस्था कसरी तलमाथि हुन्छ ? केहि दिनमै उक्त व्यवस्था लागू गर्ने गरी सर्कुरल आउँछ ।
प्रतिक्रिया दिनुहोस्