चिलिमे जलविद्युतको सहायक कम्पनी रसुवागढी र मध्य भोटेकोसी आयोजनाबाट परीक्षण उत्पादन सुरु हुँदै

काठमाडौं,१७ साउन । रसुवागढी र मध्य भोटेकोसी जलविद्युत आयोजनाबाट बिजुली परीक्षण रुपमा उत्पादन सुरु गरिएको छ । यी आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्न थालिएको हो । परिक्षण उत्पादन सफल भएपछि व्यवसायिक उत्पादन हुने छ ।

मध्य भोटेकोसी जलविद्युत आयोजनाले भदौ दोस्रो साता भित्र सक्नेगरि काम भइरहेको मध्य भोटेकोसी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले बताए ‘निर्माण सम्पन्न भएको मध्य भोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएपछि हाल सुरुङको मर्मत भइरहेको छ । सुरुङ मर्मत गरि आगामी भदौ दोस्रो साताभित्र सक्ने लक्ष्यका साथ काम अगाडी भइरहेको छ । उनले थपे यो समयसिमा भित्र काम सकिन्छ ।

मध्य भोटेकोसी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि आवश्यक पर्ने प्रसारण लाइन र सबस्टेसन निर्माणको काम सकिइ सकेकोछ । सोको लागि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

बाह्रबिसे सबस्टेसनमा २२०-१३२ केभी, १६० एमभीए र १३२-११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणहरुको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ । मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ ।

यस कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनी समूह र ४९ प्रतिशत साधारण शेयरधनी समूहको सेयर रहेका छन् ।

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।

त्यस्तै, चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन रहेको १११ मेगावाटको रसुवागढी आयोजनको निर्माणको काम सकिएर परीक्षण उत्पादन थालिएको छ । बिजुली उत्पादनका लागि टेष्टिङको काम भइरहेको रसुवागढी आयोजनले जनाएको हो ।

यी दुई आयोजनाहरुको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ । चिलिमे तथा त्रिसूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिसूली थ्री बी हब सबस्टेसनको निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । यही प्रसारण लाइनमार्फत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

प्रतिक्रिया दिनुहोस्