सुन र चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं,११ साउन। सुक्रबार सुन र चाँदी दुबैको मूल्यमा भारी गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा २० रुपैयाँ घटेको छ । सुन र चाँदीको मूल्य निरन्तर दोस्रो दिन घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा खरिद बिक्री भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ७३० रुपैयाँमा किनबेच कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्