राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै, बजार चलायमान बनाउनेगरी मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रीय बैंकको तयारी
काठमाडौं, ११ साउन। नेपाल राष्ट्र बैंकले आज शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति पारित गर्न अहिले राष्ट्र बैंक सञ्चालक समिति बैठक बसिरहेको छ ।
मौद्रिक नीतिको प्रमुख औजार मानिने नीतिगत दरहरूमा सामान्य परिवर्तन गर्दै बजार चलायमान बनाउनेगरी नीतिगत व्यवस्था परिमार्जन गर्नेगरी मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रीय बैंकको तयारी गरको स्रोतले जनाएको छ ।
जारी बैठकमा मौद्रिक नीति पारित तथा आर्थिक वर्ष २०८०÷८१ को राष्ट्र बैंकको प्रारम्भिक वित्तीय प्रतिवेदनमाथि छलफल गर्ने एजेण्डा रहेको एक सञ्चालकले जानकारी दिए
‘मौद्रिक नीति आर्थिक गतिविधि चलायमान बनाउनेमा नै केन्द्रित हुन्छ । मौद्रिक नीतिलाई बाँधेर राखेको नियामकीय नीतिमा आवश्यक परिमार्जन गर्नेमा मौद्रिक नीति लक्षित रहेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘सबैले बताउँदै आएका र महसुस गरेका समस्या केन्द्रीय बैंकले बेवास्ता गर्न सक्दैन । केन्द्रीय बैंकले आफ्नो क्षेत्राधिकारभित्र रहेर शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनेगरी मौद्रिक नीति ल्याउँछ ।’ राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले देशको आर्थिक चलयमान हुने छ । पूँजी बजाारलाई पनि मौद्रिक नीति खुकुले आउने आसले गर्दा धेरै अंकले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्