प्रि ओपन सेसनमा नेप्से सूचक ४.०३ विन्दुले बढ्यो

काठमाडौं, १० साउन । प्रि ओपन सेसनमा नेप्से सूचक ४.०३ विन्दुले बढेको छ । यससँगै सूचक २५४०.१४ अंकमा आएको छ । ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ ।

कुल ५५ वटा कम्पनीको कारोबार भएकोमा ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । बाँकीकोमा कुनै पनि परिवर्तन भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्