दिनभरको उतारचढाव पश्चात १३ अर्ब ९१ करोडको कारोबार गर्दै बजार थोरै बढ्यो

काठमाडौं, ७ साउन । आज साताको दोस्रो दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ ।

आज सेयर बजार नेप्से परिसूचक २ दशलमव १५ अंकले बढेर २,४८८ को विन्दुमा कायम भएको छ । आज दिनभरको उतार चडाबपछि अन्तिममा सेयर बजार सामान्य अकंले बढेको हो । आज लगानीकर्ताहरु नाफा बुक गर्ने तिर हाबि हुँदा सेयर बजार बेला बेला करेक्सन देखिएको हो । आज ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम सिमेन्टको ३४ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुमारी बैंकको २८ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल फाइनान्सका लगानीकर्ताले ८.६७ प्रतिशतका दरले कमाएका छन् । एनएमबि शुलभ फण्डका इकाईधनीले ७.९३ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गणपति लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्