बस र टिप्पर ठोक्किँदा २६ घाइते

काठमाडौं । यात्रुवाहक बस र टिप्पर ठोकिँदा २६ जना घाइते भएका छन् ।
नारायणगढबाट गोरखा जाँदै गरेको ना ५ ख ८६९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नंको टिप्पर भरतपुर महानगरपालिका–१ रामनगर जंगलमा बिहान ९ः१५ बजे ठोकिएका हो ।

घाइतेको चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये सात जना गम्भीर घाइते छन् । घाइतेमा बसका चालक र यात्रु छन् । टिप्पर चालक फरार रहेको र उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्