सोनम कपूरको विवाहबारे उनका बूवाले दिए यस्तो जवाफ

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपूरको घरमा उनको बिवाहको तयारी सुरु भइसकेको छ ।

तर अहिलेसम्म उनको विवाहको बारेमा उनका परिवारका कुनै सदस्यले बताएका छैनन । फिल्म ‘वीरे दी वेडिङ्ग’ को प्रमोसनको कार्यक्रममा पत्रकारहरुले सोनमलाई विवाहका बारेमा प्रश्न सोध्दा सोनमले मिडियासँग सधै राम्रो सम्बन्ध रहेको छ र विवाहबारे पनि समय आएपछि बताउने बताएकी थिइन ।

एक कार्यक्रमबीच अभिनेता अनिल कपूरलाई छोरीको विवाहबारे सोधिएको प्रश्नको अनिल कपूरले भने जवाफ दिएका छन । उनले भनेका छन, ‘हामीले करियर सुरुवात गर्दादेखि नै मिडियाले हाम्रो परिवारलाई साथ दिएको थियो । सही समय आयो भने हामी कुनै पनि कुरा नलुकाइ विस्तृत रुपमा बताउने छौं ।’

यस बारेका पनि छिट्टै सबै कुरा थाहा पाउनुहुनेछ ।  उनलाई घरमा भइरहेको सजावटबारे सोधिएको प्रश्नमा अनिलले भने, ‘तपाईहरुलाई हाम्रो घर अगाडि किन लाइटिङ्गको सजावट भइरहेको छ भन्ने कुराबारे पनि छिट्टै थाहा हुनेछ ।’

यसबाटै उनले छोरी सोनमको विवाहको संकेत दिएका छन ।  साथै उनले विवाहबारेको खबरलाई नकारेका छैनन् । अनिल कपूरको घरमा विवाहको तयारी सुरु भइसकेको छ । मुम्बइस्थित सोनम कपूरको घर लाइटद्वारा सजाइ सकिएको छ ।

भारतीय मिडियाका अनुसार सोनमको विवाहको कार्ड छापिने छैन । किनकी सोनम र उनको प्रेमी आनन्द आहुजाले विवाहको निमन्त्रणा कार्ड छापिएमा पेपरको धेरै खर्च हुने र यत्तिकै खेर जाने भएकाले कार्ड नछाप्ने निर्णय गरेका छन । उनीहरुले निमन्त्रणा कार्ड नछपाएर ई–इन्विटेशन तयार पारेका छन । सोही ई–इन्विटेशन कार्डहरु नै पाहुनालाई पठाइनेछ ।

यस अघि कहिले अप्रिल त कहिले मे महिनमा विवाह हुने हल्ला चले पनि अब भने उनको विवाह मे महिनामै विवाह हुनेछ । सोनम र आनन्दको विवाह मे ६ देखि ८ सम्म चल्नेछ । मे ६ मा मेहन्दी, मे ७ मा संगीत र मे ८ मा विवाहको कार्यक्रम रहनेछ ।

प्रतिक्रिया दिनुहोस्