एसिया कपमा नेपालको शानदार जीत युएईलाई ६ विकेटले हरायो

काठमाडौं । एसीसी महिला एसिया कपमा नेपालले युएईलाई ६ विकेटले हराएको छ । युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गरेको थियो । श्रीलंकाको धम्बुलामा शुक्रबार भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो ।

नेपालका लागि सम्झना खड्काले शानदार ब्याटिङ गरेसंगै नेपालले जित सुनिश्चित गरेको हो । खड्काले सर्वाधिक ७२ रन बनाइन ४५ बलमा उनले ११ चौका प्रहार गर्दै अविजित रहिन् ।

त्यस्तै नेपालका लागि पूजा महतोले अविजित ७ रन बनाइन भने त्यसअघि सीता राना मगरले ७ रन, कविता कुँवरले २ रन, इन्दु बर्माले ६ रन र रुबिना क्षेत्रीले १० रन बनाइन्। टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

त्यसैगरि युएईलाई ११५ रनमै रोक्न कप्तान इन्दु बर्माले ३ विकेट लिइन भने सबनम राई, कविता जोशी र कृतिका मरासिनीले एक(एक विकेट लिएका छन ।
यस खेलमा युएईका लागि खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। त्यस्तै कभिसा इगोडेजले २२, समाइराले १३ र इशा ओजाले १० रन बनाइन । यो खेलको शुरुवातसंगै नेपालको खेल यात्रालाई धेरै अगाडी पुग्ने आशा जगाएको हो ।

प्रतिक्रिया दिनुहोस्