महिला एसिया कप क्रिकेटमा सम्झना खड्काले बनाइन् पहिलो अर्धसतक

काठमाडौं,४ साउन । नेपाली महिला क्रिकेटर सम्झना खड्काले टी-२० आईमा अर्धसतक प्रहार गरेकी छन् । महिला एसिया कपको उद्‍घाटन खेलमा सम्झनाले युएईविरुद्ध अर्धसतक प्रहार गरेकी हुन् ।

खड्काले ३५ बलमा ८ चौकासहित ५० रन बनाएकी हुन् । उनले टी-२० आईमा पहिलो अर्धसतक पनि प्रहार गरेकी हुन् ।

नेपालले युएईले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्