‘गोर्खा वारियर’ कोरियाली भाषामा प्रदर्शन हुँदै, प्रदर्शन अधिकार ७ वर्षका लागि बिक्री

काठमाडौं, १ साउन । गत फागुनमा प्रदर्शन भएको फिल्म ‘गोर्खा वारियर’ले अपेक्षाकृत व्यापार गर्न सकेन । तर, फिल्मको मेकिङ र कथावस्तुको प्रशंसा भएको थियो । अब यो फिल्म कोरियाली भाषामा प्रदर्शन हुने भएको छ । त्यसका लागि पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक मिलन चाम्सले कोरियन कम्पनी मुभमेन्ट पिक्चर्स कर्पले ७ वर्षका लागि फिल्मको प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिए ।

फिल्म कोरियाली भाषामा रिलिज हुने भएपछि खुसी व्यक्त गर्दै निर्देशक चाम्सले फेसबुकमा लेखेका छन्, ‘फिल्म कुनै विशेष ठाउँ, भाषा र देशका लागि हुँदैन । यो सबैको लागि हुन्छ, यो संसारभरिको लागि हुन्छ । यही नवीन सोचको साथ मैले परिकल्पना गरेको थिएँ, ‘गोर्खा वारियर’ । आज त्यही सपनाको एक अंश पूरा भएको छ । फिल्म कोरियन भाषामा प्रदर्शन हुने खबरले उत्साहित छु ।’

फिल्मलाई कोरियनमा स्वरांकन (डबिङ) गरेर त्यहाँका सिनेमा हलसहित टेलिभिजनमा रिलिज गरिने जनाइएको छ । पहिलोपटक नेपाली फिल्म कोरियन भाषामा रिलिज हुन लागेको हो । विश्वकै ठूलो फिल्म बजार मानिने कोरियामा ‘गोर्खा वारियर’को रिलिजले नेपाली फिल्मका लागि नै बाटो खुलाउन सक्ने अपेक्षा गरिएको छ । यो फिल्मको अंग्रेजी र हिन्दी भाषामा समेत डब भइरहेको छ ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको लेखन रहेको फिल्ममा विजय लामा, रितेश चाम्स, रियर राई, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप गोले, त्रिचु राई, दिग्गज खत्री लगायतको अभिनय छ । सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको फिल्मका छायाँकार सुदीप बराल हुन् ।

इतजभच ल्भधक ज्भबमष्लिभक

प्रतिक्रिया दिनुहोस्