आँखुखोला जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन

काठमाडौं,१ साउन । आँखुखोला जलविद्युत कम्पनीको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ।

समायोजनपश्चात कम्पनीको सेयरमूल्य १४८ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, कम्पनीको सेयर प्रतिकित्ता २२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्