सुनको मूल्य सगरमाथाको उचाई चढ्दै, ऐतिहासिक रेकर्ड राख्न खोज्दै
काठमाडौं, ३१ असार। सोमबार सुनको मूल्य पुनः ऐतिहासिक उचाइमा पुगेको छ । यसदिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसभन्दा अघि गत शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । यस दिन सोहि रेकर्डलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।
सो दिन )शुक्रबार) छापावाला सुन एक लाख ४६ हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । आइतबारको बजारमा सुनको मूल्य स्थिर रहेको थियो ।
महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा किनबेच भईरहेको छ । आईतबार चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्