आईसीसी टी-२० विश्वकप २०२४ सेमिफाइनलमा अफगास्तिानविरुद्ध दक्षिण अफ्रिकाको सानदार जित सुरुवात

काठमाडौं, १३ असार। दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत खेलमा अफगास्तिानविलाई हराएको छ । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गतपहिलो सेमिफाइनल खेलमा अफगास्तिानविरुद्ध दक्षिण अफ्रिकाले सानदार जित सुरुवात गरेको छ ।

बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ५ विकेट गुमाएर ७ ओभरको समाप्तिमा जम्मा २८ रन बनाएको छ ।

दक्षिण अफ्रिकालाई तीव्र गतिका बलर मार्को यानसन र कागिसो रबाडाले सानदार सुरुवात दिलाएका हुन् । यानसनको पहिलो ओभरको अन्तिम बलमा एज लागेर यस विश्वकपमा सर्वाधिक २८१ रन बनाउने रहमानउल्लाह गुरबाज फस्टस्लिपमा शून्यमा रिजा हेन्ड्रिक्सबाट क्याच आउट भए । यानसनले तेस्रो ओभरको तेस्रो बलमा गुलबदीन नैबलाई ९ रनमा बोल्ड आउट गरे ।

चौथो ओभरको पहिलो बलमा इब्राहिम जद्रानलाई २ र चौथो बलमा मोहम्मद नाबीलाई शून्यमा बाल्ड गरेपछि अफगानिस्तान ३।४ ओभरमा २०र४ को अवस्थामा पुगेको थियो । ६.३ ‌ओभरमा एनरिक नोर्ट्जेले आजमतुल्लाह ओमरजाईलाई आउट गरे ।

प्रतिक्रिया दिनुहोस्