जेठसम्म निर्जीवन बीमा कम्पनीहरुको साढे ३६ अर्ब प्रिमियम संकलन, सबैभन्दा अगाडि देखियो शिखर

काठमाडौं, १० असार। निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनासम्ममा साढे ३६ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार यी कम्पनीहरुले कुल २७ लाख १३ हजार ७१ वटा बीमा पोलिसी बिक्री गरी ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन्।

चालु आवको जेठ महिनासम्म शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब २९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ भने नेको इन्स्योरेन्सले २ अर्ब ८८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले २ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै सानिमा जिआइसी इन्स्योरेन्सले २ अर्ब २१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

१४ वटा निर्जीवन बीमा कम्पनीमध्ये ७ वटा कम्पनीले २ लाख भन्दा बढी बीमा लेख बिक्री गरेका छन्। धेरै सख्यामा बिमा लेख बिक्री गर्नेमा पनि शिखर इन्स्योरेन्स नै परेको छ । शिखर इन्स्योरेन्सले २ लाख ८५ हजार ७ सय ३२ वटा बीमा लेख बिक्री गरेको छ भने त्यसलाई पछ्याउँदै सिद्धार्थ प्रिमियम र नेको इन्स्योरेन्स अगाडि आएको छ । सिद्धार्थ प्रिमियरले २ लाख ७५ हजार ६०७ वटा र नेकोले २ लाख ७५ हजार ५६५ वा बीमालेख बिक्री गरेका छन् । त्यसैगरी सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट, आईजीआई प्रुडेन्सिय र राष्ट्रिय बीमाले २ लाखभन्दा बढी बीमा लेख बिक्री गरेको बीमा प्राधिकरणको तथ्यांकमा छ ।

नेपाल इन्स्योरेन्स, युनाइटेड अजोड, एनएलजी, सानिमा जीआईसी, प्रभुले १ लाखदेखि २ लाखको बीचमा बीमा लेख बिक्री गरेका छन् । १४ वटा कम्पनीमध्ये दी ओरियन्टल र नेसनलले ५० हजारभन्दा कम मात्रै बीमालेख बिक्री गरेको तथ्यांकमा छ । दी ओरियन्टलले ३७ हजार ३ सय७ र नेसनलले ३० हजार ५ सय १२ बीमालेख बिक्री गरेका छन् ।

लघु बीमा कम्पनीले जेठ मसान्तसम्म १ लाख ४ हजार २ सय ७९ वटा बीमालेख बिक्री गरेर २३ लाख ९१ हजार रुपैयाँ संकलन गरेका छन् । लघुबीमा कम्पनीमध्ये सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्सले ४३ हजार १ सय ९७ वटा बीमालेख बिक्री गरेर ८ लाख ८३ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्